, ,

१२औँ पाँचथर कपको उपाधि (बिवाइएनसी) लाई

Bimala Sene Avatar

लन्डन । १२औँ पाँचथर कप फुटबल प्रतियोगीताको उपाधि (बिवाइएनसी) क्लबले जितेको छ । शनिवार लन्डनको Cranford Community College Sport Center मा सम्पन्न फाइनल खेलमा क्वीन गोर्खा सिङ्गललाई टाइब्रेकरमा पराजित गर्दै (बिवाइएनसी)ले उपाधि उचालेको हो । प्रतियोगीतामा सर्बाधिक गोलकता राहुल लिम्बु घोषित भए । त्यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडी रोनाल्ड राई घोषित भए ।

त्यसैगरि प्रतियोगिताको अनुभवि (भेटरन) समुहको खेलमा सर्बाधिक गोलकर्ताको ट्रफि सुबर्ण लिम्बुले हात पारेका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी खेम पुन घोषित भए । यो समुहको खेलमा ईलाम एफसीले उपबिजेतामा चित बुझाउनु पर्यो भने भेटरनको उपाधि धरान ११ ले जितेको छ ।

बरिष्ठ अनुभवि (सुपर भेटरन) समुहको खेल Sandhurst FC ले जितेको छ । यस खेलमा बिशाल राई सर्बाधकि गोलकर्ता भए । सर्बोत्कृष्ट खेलाडिको ट्रफी हेमकर्ण राईले पाए । यो समुहको खेलमा पनि ईलाम एफसी उपबिजेता बन्यो ।

प्रतियोगितामा सबार्धक गोलकर्ता, सर्बोकृष्ट खेलाडी, उपबिजेता र बिजेता टिमलाई आमन्त्रित अतिथि तथा प्रायोजकहरुले ट्रफि तथा नगद पुरस्कार प्रदान गरेका थिए भने मुख्य ट्रफि बिजेता टिमलाइ प्रमुख अतिथि तथा संस्थाका अध्यक्षले प्रदान गरेका थिए ।

प्रतियोगितामा युथ समुह २० टिम, अनुभवि (भेटरन) समुह ९ टिम, र बरिष्ठ अनुभबि (सुपर भेटरन) समुह ८ टिम गरि जम्मा ३३ टिमले सहभागिता जनाएका थिए ।  

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search