ई–रिक्सा चालक अनुमति पत्र जारी नगर्ने

Naresh Ale Avatar

सरकारले ब्याट्रिबाट चल्ने ई–रिक्सा सञ्चालनको अनुमति दिए पनि सो अनुसार सवारी चालक अनुमति पत्र जारी नगरेपछि समस्या उत्पन्न भएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रौतहटले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले ई–रिक्सा सञ्चालनको लागि रुट पर्मिट, ब्लुबुक र तेस्रो पक्षीय विमा गराउने ब्यवस्था गरेपनि ई–रिक्सा चालक अनुमति पत्र जारी नगर्दा आफूहरुले तेस्रो पक्षीय विमा दावी गर्न नसकेको कारण समस्या उत्पन्न भएको जानकारी दिईएको हो।

मुलुक भरी अहिलेसम्म २ हजार ई–रिक्सा सञ्चालनमा रहेकोमा यातायात ब्यवस्था कार्यालयले सञ्चालनको अनुमति दिए पनि पछिल्लो समयमा रौतहटमा ट्रकको ठक्करमा तीन यात्रुको मृत्यू भएपछि तेस्रो पक्षीय विमा दावी गर्न ई–रिक्सा चालक अनुमति पत्र नभएको कारण नपाएको र ज्यानमुद्दा लगाईएकोले अहिले रिक्सा सञ्चालनमा प्रहरीले रोक लगाएको संगठनका अध्यक्ष हरिप्रसाद प्रसाईले बताउनुभयो। उहाले राज्यको दोहोरो चरित्रका कारण आफुहरुले गरिखान नपाएको भन्दै तत्काल सहज ढंगले लाईसेन्स दिने ब्यवस्था गरेर बातावरण निर्माण गर्न माग गर्नुभयो ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories