रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

Bimala Sene Avatar

काठमाण्डाै – रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले उच्च अदालत पोखराले पेशीको जानकारी गराएको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

अदालतले शुक्रवारको आदेश कार्यान्वयनका क्रममा रुपन्देही कारागारमा रहेका लामिछाने र जोशीलाई पेशीको जानकारी गराइएको पत्र पठाएको थियो । रुपन्देही कारागारले आज उनीहरूले पत्रमा हस्ताक्षर नगरेको जानकारी उच्च अदालत पोखरालाई पठाएको छ ।

लामिछानेसमेत संलग्न रहेको सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कास्की अदालतको आदेश बदरको माग गर्दै परेको निवेदनमा बिहीवारदेखि पोखरामा सुनुवाइ भइरहेको छ । अदालतले कास्की जिल्ला अदालतमा दायर भएका दुई मुद्दाका सक्कल मिसिलहरू झिकाउनसमेत आदेश दिएको छ ।

रवि लामिछानेले आफू सामान्य तारेखमा रिहा हुनुपर्ने माग गरेका छन् भने सरकारी वकील कार्यालयले उनलाई थुनामै राख्नुपर्ने अडान लिएको छ । दुवै पुनरावेदनमाथि गएको बिहीवारदेखि उच्च अदालतमा सुनुवाइ शुरू भएको हो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search