भूकम्पका कारण देशको अर्थतन्त्र १० वर्ष पछि परेको बताउनु भएको

Naresh Ale Avatar

कृषि विकास मन्त्री हरिप्रसाद पराजुलिले भूकम्पका कारण देशको अर्थतन्त्र १० वर्ष पछि परेको बताउनु भएको छ। रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पराजुलिले महाभुकम्प पश्चात देशको कृषि क्षेत्रले भोग्नु परेका पिडा र त्यसलाई सुधार गर्नु देश विदेश सबैको सहयोग पश्चात पनि कम्तीमा दश वर्ष लाग्ने बताउनु भएको हो।

उहाँँले सरकारले किसानहरुलाई अप्ठेरो परेको बेला २४ जिल्लामा धानको बीउ निःशुल्क र मलमा बोरा प्रति पचास प्रतिशत छुट उपलब्ध गराउने जानकारी दिनु भयो। नेपालमा कृषि क्षेत्रको विकासका लागि विभिन्न एनजिओ आईएनजिओहरु देखिए तापनि नेपालको कृषि क्षेत्रमा सिमित कार्य बाहेक अन्य भूमिका नरहेको र नेपाल आफै सक्षम रहेको उहाँको भनाई थियो।

उहाँले एनजिओ र आइएनजिओहरु पहिल्य देखिनै नेपालमा आफ्नो काम गर्दै आए तापनि भुकम्प पश्चात एनजिओ र आइएनजियोको काममा देखिएको डुब्लीकेसन र ट्रिप्लिकेशन हुँदा समस्या देखा परेको बताउँदै नेपाल सरकारको कार्यलाई सहयोग गर्न आग्रह गर्नु भयो। मन्त्री पराजुलिले भुकम्प पश्चात नेपाली सेना र सशत्र प्रहरीका साथै प्रहरीले विपतको समयमा खेलेको भूमिकाको प्रशंसा गर्दै स्रोत साधन विनै पनि नेपाली सुरक्षा निकाय विपतका बेलामा आफ्नो ज्यान जोखिममा राखेर देशका निम्ति अहोरात्र खटिएको बताउनु भयो।

}

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories