बिशेष समिति

Naresh Ale Avatar

व्यवस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन उपसमितिले काठमाडौंमै भूकम्पपीडितले पाल पाउन नसकेको भन्दै राहत वितरणलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ। उपसमितिले रसुवा, ललितपुर, नुवाकोटलगायतका जिल्लामा पनि पीडितले राहत नपाएको निश्कर्ष सार्वजनिक गरेको हो।

शनिबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको बैठकमा उपसमितिका सदस्य दीपक बोहराले काठमाडौंको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदनमा राहत वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको औंल्याइएको छ। उपसमितिले राहत वितरण र उद्धारमा देखिएका कमजोरीलाई २२ ओटा बुँदामा समेटेको छ।

भग्नावशेष हटाउने कार्यमा अग्रसरताको कमी, भूकम्प गएको तीन साता बितिसक्दा पनि पुनःस्थापनाको कुनै कार्यक्रम नल्याएको भन्दै समितिले तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारलाई सुझाव दिएको छ। समितिले चर्किएका र धरापमा परेका घरहरुको व्यवस्थापनमा, जमिनको उपयोग सम्बन्धमा, पुनःस्थापना र पुनर्निर्माण सम्बन्धमा, कारागार व्यवस्थापनलगायतका विषयमा पनि पहलकलमी लिन सुझाएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories