पोखरा पर्यटन

admin Avatar

नेपालमा गएको भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पोखराका व्यवसायीहरुले बिभिन्न सेवामा छुट योजना सार्बजनिक गरेका छन्। पोखरा पर्यटन पुनर्जागरण समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्द्धनका लागि प्याकेज घोषणा गरेको हो। समितिका अनुसारमा पोखराका होटल, बन्जीजम्प र जीप फ्लायरमा ५० प्रतिशत छुट दिइने छ। ट्रेकिङमा ३० र ट्राभल बस तथा रेष्टुरेन्टहरुमा २०(२० प्रतिशत छुट दिइएको छ ।

यसैगरी प्याराग्लाइडिङ र अल्ट्रालाइटमा १५ प्रतिशत छुट पाइने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। पत्रकार सम्मेलनमा समिति संयोजक गणेशबहादुर भट्टराईले छुट योजना आगामी सेप्टेम्बर महिनासम्म लागु हुने जानकारी दिनुभयो। उहाले पोखराको पर्यटन प्रवर्द्धन गर्न आन्तरिक बजार र बोर्डर सीटीहरुमा प्रचार प्रसार गर्ने उल्लेख गर्नुभयो। भूकम्पले पर्यटकीय नगरी पोखरामा खासै क्षति नभए पनि त्रासका कारण पर्यटकहरुको संख्या घटेको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories