दल बैठक

admin Avatar

चार प्रमुख राजनीतिक दल प्रदेशको नामकरण र सीमाङ्कनलाई विज्ञसहितको आयोगबाट टुङ्गो लगाउने सम्बन्धमा सकारात्मक देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा भएको छलफलमा विगतको विवाद मत्थर पार्ने प्रयास भएको र छलफल सकारात्मक भएको नेताहरूले जानकारी दिएका छन्। संघीयताको संख्या र सीमांकनमा बिषयमा दलहरु नजिक पुगेको जनाईएको छ। छलफलपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादित विषयमा आफ्ना कार्यसूचीलाई भन्दा देश र जनतालाई माथि राखेर सहमति खोज्नका लागि सकारात्मक कुराकारी भएको बताउनुभयो। नेता ओलीले भूकम्पको विपत्तिले अल्झेर बस्नेभन्दा देश र जनताको हितलाई सर्वाेपरि राखेर सहमति जुटाउन लागेको उल्लेख गर्नुभयो।

त्यस्तै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले गत माघ ५ गते भएको अनौपचारिक सहमतिको वरिपरिमा रहेर ६ देखि आठ प्रदेश बनाउने गरी छलफल भएको बताउँदै नाम र सीमाबारे विज्ञसहितको आयोगले पछि टुङ्गो लगाउन सक्ने जानकारी दिनुभयो। उहाँले आफूहरुको छलफल ‘कामकाजी’ हुँदै गएको र ‘सहमतिको नजिक’ रहेको पनि बताउनुभयो। जेठ २१ भित्र संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा सहमति जुटाउने तयारी गरेका चार दलका शीर्ष नेताबीच निरन्तर छलफल गर्दे छिटै सहमति खाज्ने सहमति समेत भएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories