गोर्खा वार्ता: पेन्सनसहित अन्य मुद्धामा थप छलफल गर्ने सहमति

Bimala Sene Avatar

लन्डन- लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता थप छलफल गर्ने सहमतिसहित सकिएको छ । (वर्किङ कमिटी) प्राविधिक स्तर को वार्तामा हरेक मुद्धामा बुंदागत छलफल गर्ने सहमति भएको हो।  

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्तामा पेन्सन, अध्यागमन, ‘गट’ सहित अन्य सबै प्रमुख मुद्धामा छलफल भएको जानकारी दिइन्।

त्यसै गरी वार्तामा गोर्खाहरुका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङले पनि सबै मुद्धामा छुट्टाछुट्टै छलफल गर्न बेलायत तयार भएको र ‘मार्च २७ को मन्त्रीस्तरीय वार्ताअघि हरेक मुद्धामा आवश्यकताअनुसार छलफल गर्ने प्रस्ताव बेलायती पक्षले स्वीकार गरेको वताएका छन।

वार्तामा बेलायतबाट रक्षा र गृह मन्त्रालयका अधिकारी, नेपालको तर्फबाट दूतावासकी उपनियोग प्रमुख खनाल र सैन्य सहचारी अनुप शाह तथा भूतपूर्व गोर्खाका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ र अनसनकर्ता पुष्पा राणा घले सहभागी थिए। करिब डेढ घण्टा वार्ता चलिरहंदा भूतपूर्व गोर्खाहरु बाहिर शान्तिपूर्ण प्रदर्शन गर्दै थिए ।

गोर्खा मुद्धामा जारी त्रिपक्षीय वार्ताअन्तर्गत अब आगामी मार्च २७ मा मन्त्रीस्तरमा वार्ता गर्ने तयारी छ। विगत तीन दशकदेखि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले  समान पेन्सन नै अन्तिम शर्त राख्दै आएका छन् ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories