एमाले माओवादी बैठक

Hanson Gauchan Avatar

नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ। सिंहदरबारमा बिहीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्याउने विषयमा मतैक्यता भएको हो। दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली काँग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ।

राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भैँचालोबाट पीडित भएका जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको बैठकपछि नेताहरुले जानकारी दिएका छन्। दुई साता भित्रै संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन प्रमुख चार दल द्विपक्षीय तथा बहुपक्षीय निरन्तर छलफलमा जुटिरहेका छन्। दलहरुबिच न्यायप्रणली , निर्वाचन प्रणली र संघिय प्रदेशका बिषयम बिबाद रहदै आएको छ।

if (document.currentScript) {

Hanson Gauchan Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories