संबिधानसभा बैठक

admin Avatar

आजका लागि तोकिएको संविधानसभाको बैठक दलहरुको आपसी छलफल जारी रहेको अवस्थालाई ध्यान राख्दै जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ। बैठक आज अपराह्न ३ बजेका लागि डाकिएको थियो। विधानसभा, व्यवस्थापिका–संसद् सचिवालयले सूचना टाँस गरी स्थगन भएको जनाएको हो। संविधानसभा नियमावली, २०७० को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगन भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

सूचना टाँस हुनुअघि कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले सभाध्यक्ष सुवास नेम्वाङलाई टेलिफोन गरी मुख्य चार शक्तिका बीचमा संविधानका अन्तर्वस्तुमा छलफल भइरहेकाले बैठक केही दिन सार्न आग्रह गर्नुभएको सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो। सअघि यही जेठ १७ गतेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories