काग्रेस बैठक

admin Avatar

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ। बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै आयोग बनाइ टुङग््याउनुपर्ने विषयमा छलफल भएको छ। संविधानका विवादित विषयमा छिट्टै सहमति गरी संविधान निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा छलफल भएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। विवादित विषयमा सहमति भएपछिमात्र राष्ट्रिय सहमतिको सरकारमा जानुपर्नेमा छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा भइरहेका वार्ताको समीक्षा गर्दै आगामी कर्यदिशा सम्बन्धमा समेत छलफल भएको थियो। यस्तै काग्रेसको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि पुग्नुभएको थियो। बैठकमा संबिधान लेखनका बिषयमा केहि दिन छलफल गर्ने सहमति भएको उपसभापति पौडेलले जानकारी दिनुभयो।

बैठकमा निर्वाचन प्रणालीका बारेमा प्रत्यक्षतर्फ ७० प्रतिशत र समानुपातिक तर्फ ३० प्रतिशत हुनुपर्नेमा पनि छलफल भएको बताइएको छ। छिल्लो समयमा प्रमुुख दलहरुबीच भूकम्पपछिको विपद् व्यवस्थापनसँगै संविधान जारी गर्नका लागि संविधानका विवादित विषय राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली तथा न्याय प्रणाली र शासकीय स्वरुपका विभिन्न विकल्पबारेमा दुई पक्षीय तथा बहुुपक्षीय रुपमा छलफल हँुदै आएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories