एमाले पत्रकार सम्मेलन

admin Avatar

नेकपा एमालेले सबै दलको सहमतिमा संविधान बनाएर र विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको स्पस्ट पारेको छ। पार्टी मुख्यालय बल्खुमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीले एमालेको ध्यान सरकारमा नभई, शान्ति, लोकतन्त्र, सामाजिक एकता र समृद्धितर्फ केन्द्रित रहेको स्पष्ट गर्नुभयो। साथै उहाँले त्यसका लागि आवश्यक पर्ने सबै काम गर्न नेकपा एमाले तयार रहेको बताउनुभयो । उहाँले अभियानलाई राष्ट्र निर्माणको आकाङ्क्षासँग जोडेर लैजानुपर्नेमा जोड दिँदै परोपकारको भावनाले काम गर्नुपर्ने समयमा केही तत्वले विपत्तिलाई कमाउने मौकाका रुपमा प्रयोग गरेकामा आपत्ति जनाउनुभयो। जनता जटिल परिस्थितिमा रहेका बेला दोष ढाकछोप र राहत सामग्री दुरुपयोग गर्र्नु असह्य भएको बताउँदै उहाँले नुवाकोटका जनताले त्यसको जवाफ दिइसकेको उल्लेख गर्नुभयो।

पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले सबै शक्ति एकताबद्ध भएर विपत व्यवस्थापनको काममा दृढतापूर्वक लाग्ने र त्यसलाई प्रभावकारी बनाउने सन्दर्भमा राष्ट्रिय सहमतिको सरकार गठनको बहस पनि सतहमा आएको बताउनुभयो। एमालेले यही जेठ १० गतेदेखि भूकम्पप्रभावित २५ जिल्लाका ५५ निर्वाचन क्षेत्रमा १० हजार नेता कार्यकर्ता परिचालन गरी स्वयम्सेवा अभियान सञ्चालन गरेको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories