अमेरिकामा नेपाली वैज्ञानिकले जितिन् २९ करोडको अनुसन्धानवृत्ति,

Gurkha Channel Avatar

अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी ब्रूक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी डा प्रेरणा श्रेष्ठले करिब २२ लाख अमेरिकी डलरको अनुसन्धानवृत्ति पाउनुभएको छ ।
उनलाई सो अनुसन्धानवृत्ति मानिसको मस्तिस्कमा रहेका सुक्ष्म कोषिकाले प्रोटिनको सिन्थेसिस संयन्त्रमा भावनात्मक प्रतिक्रिया कसरी जनाउँछन् भन्ने विषयको अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले दिएको हो ।
अनुसन्धानवृत्तिको निर्णयपछि उनले रासससँग भनिन् – यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।
श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।
सन् १९९९ मा उहाँलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने विचार आयो । त्यसैबेला उहाँ अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आउनुभयो । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चार वर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल हुनुभएको थियो ।
अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा उहाँले वैज्ञानिक अनुसन्धानको लागि हावर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिनु भएको परीक्षामा सफलता हात पारेपछि उहाँलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उहाँले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल हुनुभयो ।
न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आउनु भएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्नुहुन्छ । उक्त ल्याबमा उहाँले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाउनुभयो ,सोही अनुसन्धान सकिएपछि उहाँलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्तभयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गर्नुभयो ।
नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गर्नु भएकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो ।
काठमाण्डौँको कमलादीमा जन्मनुभएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो की भन्नु हुन्छ । मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममा हुन्छ – मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उहाँको टिप्पणी रहेको थियो ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories