• प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट

    प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट

    काठमाडौै :  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्।  शनिबार दिउँसो स्थानीय समय अनुसार…

  • राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू बेलायतमा

    राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू बेलायतमा

    लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो ।…

  • इजराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित ३१ जना मारिए

    एजेन्सी । लेबननमा इसराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डरसहित ३१ जना मारिएका छन्। शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।…

  • गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक 

    दिनेश कुमार, काठमाडौँ  / गायिका शर्मीला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ। नेपाली पाश्र्व तथा आधुनिक गायनमा महत्वपूर्ण योगदान पुर्याएकी बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रवार सो गीत सार्वजनिक गरेकी हुन् ।  गीतमा कृतीशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ। गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना, र मनोहर सुनामको एरेञ्ज रहेको छ।यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोलापौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन्, भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्। भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उनको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ। गीतको निर्माण सरोज परियारले गरेका हुन् र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रा।लि।ले गरेको छ।  बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान गर्दै आएकी गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्वगाएन गरेकी थिईन् । बर्देवाका  ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आंखैमा झलझली’  , ‘हिउँचुलीमा हिउँ’  , ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’  लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उनी गीत नेपाली गीत संगीतको लागि पुरा समय दिने भन्दै काठमाण्डौंमा रहँदै आएकी छिन् ।  उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत  अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

  • प्रधानमन्त्री ओली न्युयोर्कमा

    प्रधानमन्त्री ओली न्युयोर्कमा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन्। उनी नेपाली समय अनुसार शनिबार बिहान न्यूयोर्क अवतरण गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार प्रस्थान…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search