-
गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक
दिनेश कुमार, काठमाडौँ / गायिका शर्मीला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ। नेपाली पाश्र्व तथा आधुनिक गायनमा महत्वपूर्ण योगदान पुर्याएकी बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रवार सो गीत सार्वजनिक गरेकी हुन् । गीतमा कृतीशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ। गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना, र मनोहर सुनामको एरेञ्ज रहेको छ।यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोलापौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन्, भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्। भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उनको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ। गीतको निर्माण सरोज परियारले गरेका हुन् र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रा।लि।ले गरेको छ। बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान गर्दै आएकी गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्वगाएन गरेकी थिईन् । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आंखैमा झलझली’ , ‘हिउँचुलीमा हिउँ’ , ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उनी गीत नेपाली गीत संगीतको लागि पुरा समय दिने भन्दै काठमाण्डौंमा रहँदै आएकी छिन् । उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
-
प्रधानमन्त्री ओली न्युयोर्कमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन्। उनी नेपाली समय अनुसार शनिबार बिहान न्यूयोर्क अवतरण गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार प्रस्थान…
-
बेलायतबाट फर्कन लागेका दूतावास कूटनीतिज्ञहरुको पत्रकार महासंघ यूकेद्वारा बिदाइ
लन्डन । ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई नेपाल पत्रकार महासंघ बेलायतले विदाइ गरेको छ । साथै महासंघले दूतावासमा…
-
पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी
काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेका बेला महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२…
-
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै , राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैहुनुहुन्छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको हो…