-
भारतीय योगगुरु बाबा रामदेव अहिले काठमाडौँमा
भारतीय योगगुरु बाबा रामदेव अहिले काठमाडौँमा हुनुहुन्छ । यसअघि पनि योग शिविर सञ्चालन गर्नु भएका रामदेवको योग शिविरमा यस पटक पनि हजारौँ मानिसहरु सहभागी भएका छन्।
-
रविजंग लामिछानेले नेपालमा गरेको समाजसावाको मूल्यांकन गर्दै उहाँकी आमा रुक्मिणालाई सम्मान गरेको
बेलायतमा व्यवसाय सञ्चालन गरेर बसेका गैर आवासीय नेपाली रविजंग लामिछानेले नेपालमा गरेको समाजसावाको मूल्यांकन गर्दै उहाँकी आमा रुक्मिणालाई सरकारले सम्मान गरेको छ । पर्वतकी समाजसेवी रुक्मिणालाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गरेको हो।
-
खेल खबर
साविक विजेता भारतलाई पराजित गर्दै नेपाली टोली काठमाडौंमा जारी एएफसी अन्डर १४ क्षेत्रीय महिला फुटबलको फाइनलमा पुगेको छ । उपाधीका लागि नेपालले बंगलादेश र इरानबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
-
दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ अब दैनिक सात घन्टाभन्दा कम हुने
नेपाल विद्युत प्राधिकरणले शनिबार देखि लागु हुने गरी लोडसेडिङको समयतालिका परिवर्तन गरेको छ । दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ अब दैनिक सात घन्टाभन्दा कम हुने प्राधिकरणले जनाएको छ ।
-
विद्यालयको सहयोगका लागि कोरियामा बस्ने नेपालीहरुले अभियान
ब्रेन विकास हुन नसकेका (अटिजम) बालबालिकाका क्षेत्रमा काम गर्दै आएको काठमाडौंको एक विशेष विद्यालयको सहयोगका लागि कोरियामा बस्ने नेपालीहरुले अभियान चलाएका छन् । विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (एसएसडीआरसी)को सहयोगका लागि कोरियामा रहेका नेपालीहरुले विक्रम…