Uncategorized
-
न्यूयोर्कमा बलिहाङ तङ्नाम मनाईदै
न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येलेतङ्वे ५०८४) भव्य रुपमा मनाउने भएको छ । चुम्लुङ अमेरिकाले यही अक्टोबर २६ तारिखका दिन न्यूयोर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाउने निर्णय गरेको हो । चुम्लुङ अमेरिकाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै बलिहाङ तङनाम मनाउदै आएको…
-
हाक्पारे, ख्याली र धान नाच्दै वेलायतवासी याक्थुङहरु,
वेलायत–गत सनिवार आसफोर्ड, केन्टको सेन्ट साइमन चर्च हाक्पारे, पालाम , साम्लो र च्याव्रुङको घुनले गुन्जायमान भऐको थियो । लिम्वु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आपmनो परम्पारगत धान नाच्न र पालाम गाउनमा मस्त…
-
इजराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित ३१ जना मारिए
एजेन्सी । लेबननमा इसराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डरसहित ३१ जना मारिएका छन्। शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।…
-
गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक
दिनेश कुमार, काठमाडौँ / गायिका शर्मीला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ। नेपाली पाश्र्व तथा आधुनिक गायनमा महत्वपूर्ण योगदान पुर्याएकी बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रवार सो गीत सार्वजनिक गरेकी हुन् । गीतमा कृतीशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ। गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना, र मनोहर सुनामको एरेञ्ज रहेको छ।यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोलापौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन्, भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्। भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उनको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ। गीतको निर्माण सरोज परियारले गरेका हुन् र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रा।लि।ले गरेको छ। बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान गर्दै आएकी गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्वगाएन गरेकी थिईन् । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आंखैमा झलझली’ , ‘हिउँचुलीमा हिउँ’ , ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उनी गीत नेपाली गीत संगीतको लागि पुरा समय दिने भन्दै काठमाण्डौंमा रहँदै आएकी छिन् । उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
-
मिस मगर नेपालको उपाधि म्याग्दीकी क्रिस्टिना मगरलाई
काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले ताज पहिरिएकी हुन् । पोखराको होटल…