नेकपा एमालेद्धारा गठित राष्ट्रिय स्वयंसेवक परिचालन समितिले स्थानिय तहमा प्रभावकारी ढंगले आफ्ना कार्य गर्ने जनाएको छ। सोमबार काठमाडौमा बसेको समिति बैठकले जनतामा सकारात्कम सन्देश प्रवाह गर्दे भूकम्प प्रभावित क्षेत्रमा काम गर्न सदस्यहरुलाई निर्देशन दिएको हो। एमालेले भूकम्प प्रभावित अवस्थाका लागि राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका २०७२ पारित गर्दै सचिव गोर्कण बिष्टको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरेको थियो। समितिले स्थानिय तहबाट नै संवयसेवक परिचालन गर्दे भूकम्पपीडितलाई सहयोग गर्ने जनाएको। त्यसका लागी स्थानीय साधन, स्रोत र श्रमको परिचालन गरी भूकम्पमा घरबार गुमाएकाहरुका लागि अस्थायी आवासको निर्माणमा सहयोग गर्नु पनि अभियान मुख्य उदेश्य रहेको समिति संयोजक गोकर्ण बिष्ठले जानकारी दिनुभयो। अभियानलाई अनुशासित ढंगले अघि बढाउदै पार्टी र जनताको सम्बन्ध सुमधुर पार्नु पर्नेमा समेत जोड दिनुभयो। अभियानमा कुल १० हजार जनशक्ति परिचालित हुने समितिले जनाएको छ। अभियान १० जेठदेखि सुरु भई १० असारमा समापन हुने छ।
if (document.currentScript) {