कुनै पनि मुलुकका लागि सेना तथा प्रहरी देश र जनताको सुरक्षाको पहिलो खम्बा बन्ने गरेको छ। तर, तिनै सेना तथा प्रहरीलाई शक्तिमा रहेको बेला राजनीतिक दलका नेताहरुले आफ्नै जनतासँग भिडाउछन् भने जनतालाई पनि आफ्नो स्वार्थ पूर्तिका लागि सुरक्षाकर्मीसँग लड्न उक्साउछन्। यति हुँदाहुँदै पनि आपतविपतको घडीमा जनता र सुरक्षाकर्मी नै एकै ठाउँमा उभिएर सहयोग आदानप्रदान गर्छन्।