,

लन्डन दूतावासमा मनाइयो गणतन्त्र दिवस

Bimala Sene Avatar

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस मनाइएको छ । बिहीबार सांझ १८ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदान पुरदान कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको जनाउंदै गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे । प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकियोस् भन्ने कामना पनि उनको थियो ।

राजदूत घिमिरेले आफ्नो साढे ४ महिनाको कार्यकालमा दूतावासबाट धेरै काम भएका बताए । व्यापार लगानी सम्मेलन, भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधनका लागि छलफल, बेलायत र नेपालको न्यायपालिकाबीच सहकार्य सम्झौता भइसकेको जनाउंदै उनले आउंदो साता पर्यटन प्रवर्धन कार्यक्रम, जुनमा स्कटल्याण्डमा नेपाली मेला र त्यसपछि प्रविधि सम्मेलन गर्ने तयारी भइरहेको पनि बताए ।

बेलायतमा थप नेपाली संघसंस्था भन्दा बलियो र भरपर्दो एकता एवं सहकार्य भए रकेट गतिमा काम गर्न सकिने विश्वास राजदूतको थियो ।

कार्यक्रममा नेपालका रक्षा सचिव रामेश्वर दंगाल, ननिटन मेयर भीम सारु, काउन्सिलर रोजिना प्रधान राई, नायिका तथा पूर्व मिस नेपाल निती शाह, स्वामी डा. योगी विकासानन्द, बेलायतको विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search