काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ।
अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।
उक्त मुद्दाको सुनुवाई मंगलवारलाई तोकिएको छ । नेता थापाले केही अघि संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनेर बोलेका थिए।