,

बेलायतमा (यक्वा तङ्नाम) उँभौली चाडको रौनक, च्याब्रुङ र धान नाचमा रमाए लिम्बू समुदाय (फोटो सहित)

Bimala Sene Avatar

लण्डन । बेलायतमा रहेका लिम्बू समुदायले भव्य रुपमा यक्वा तङ्नाम मनाएका छन् । गत शनिबार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा किराँत याक्थुङ चुम्लुङ युके, ग्रेटर लण्डन साखाको आयोजनामा लिम्बू समुदायले आफ्नो मौलिक पर्व यक्वा तङ्नाम मनाएका हुन् ।

यक्वा तङनाम चाडको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कमला लिम्बूले युवा पुस्ताको सहभागिता बिना आफनो संस्कार, संकृति, भाषा र लिपीको जर्गेना गर्न नसकीने बताइन । साथै ग्रेटर लण्डन जेष्ठ शाखाले युवा पुस्तालाई सदस्य बनाउँदै हरेक क्रियाकलापमा युवाहरुलाई सक्रिय सहभागि गराउन सफल भएकोमा धन्यवाद व्यक्त गरिन् ।

औपचारिक कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष कुलकेशर लिम्बूले सहभागी सबैलाई यक्वा तङ्नाम र नेपाली नयाँ वर्ष बिक्रम संवत २०८२ को उपलक्षमा शुभकामना दिँदै कार्यक्रमलाई सफल बनाउन सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साखाका सचिव पदम फागो चोङवाङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सुस्मिता कन्दङवाले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा यक्वा तङ्नामको विषयमा संस्थाका उपाध्यक्ष दिपेन्द्र लोक्समले चर्चा गरेका थिए ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ युके अध्यक्ष बिमला सेनेलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाको सस्थापक सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यहरु र नयाँ सदस्यहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । साथै शैक्षिक क्षेत्रमा विशेष योग्यता हासिल गरेका सदस्यहरुलाई समेत सो अवसरमा प्रशंसा पत्र सहित बधाई दिइएको थियो । यसै गरि कार्यक्रममा चुम्लुङको प्रतिनिधित्व गदै बेलायतमा सम्पन्न नेपाली मेलामा धान नाच र च्याब्रुङ नाच प्रस्तुत गरेर प्रथम भएका समुहका संयोज पुर्ण बोख्खिम तथा युवा कलाकारहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा भाग्य चिठ्ठा तथा तम्वोला खेल पनि खेलाइएको थियो ।

औपाचारिक कार्यक्रम पछि मनोरन्जनात्मक कार्यकममा च्याब्रुङ नाच , धान नाच लगायत अन्य परम्परागत सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाज सेवी तथा किरात याक्थुङ चुम्लुङकी पुर्व सल्लाहकार नरकुमारी लिम्वु, हिलीङडन गोर्खा नेपाली समाजका पुर्व अध्यक्ष छत्रसिं तेयुङ, सेनेहाङ समाज युकेका अध्यक्ष खगेन्द्र सेनेहाङ, नेपाली समाज हन्स्लोका पुर्व अध्यक्ष राम पोमु, समाज सेवी राम इजम लगायत संस्थाका अग्रज सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो समयमा लिम्बू समुदायले यक्वा तङ्नाम (उँभौली पुजा)को रुपमा अन्नबाली लगाउँदा किराफट्याङ्ग्रा नलागोस, अन्नबाली सप्रियोस भन्ने कामना सहित प्रकृतिको पूजा गर्ने गर्दछन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search