,

मगर संघ यूकेको अध्यक्षमा लालु निर्विरोध निर्वाचित

Bimala Sene Avatar

लन्डन । मगर संघ यूकेको अध्यक्षमा लालबहादुर पुनमगर (लालु) निर्विरोध चयन भएका छन् । संघको शनिबार भएको आठौँ अधिवेशनबाट लालुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । 

वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट छानिएको हो । रुद्र क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै विजयी बने । उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित भएका छन् ।

सचिवका लागि पनि निर्वाचन भएको थियो । प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिवमा विजयी बने । कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएका छन् ।

निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आलेमगरले आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन मण्डलको सचिवमा जमुना पुनमगर, सदस्यहरुमा हेमा रानामगर, विजय थापामगर र हिक्मत सिङ रॊका मगर थिए ।

आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search