लन्डन– बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंलाई ‘वनिताश्री व्यथित काव्य सम्मान २०८२’ बाट सम्मानित गरिने भएको छ ।
बजगाईंका नियात्रा, कथा, लघुकथा, जापानी कविता हाइकु र बालसाहित्यका दुई दर्जन पुस्तक प्रकाशित छन् ।
विगत १८ वर्षदेखि साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कम र विगत ८ वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’का प्रधान सम्पादक रहेका बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष हुन् ।
वि.सं. २०५६ सालदेखि प्रकाशित हुँदै आएको वनिता साहित्यिक पत्रिकाले दुई दशकदेखि साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रका स्रष्टाहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । वनिता साहित्यिक पत्रिकाद्वारा विविध विद्यामा प्रदान गरिने २०८२ र २०८३ सालको नगद राशि सहितको पुरस्कार र सम्मान विभिन्न स्रष्टाहरुले प्राप्त गरेका छन् ।