काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी रूपमा हटाएको दाबीसहित कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्। उनको रिट भने दर्ता हुन सकेको छैन।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार साँझ बिदा हुने वेला (करिब ५ बजे) घिसिङको रिट पेश भएको हो । ‘कुलमानको रिट पेश भएको छ। अध्ययनका क्रममा रहेको छ। अध्ययनपछि बिहीबार दर्ता प्रक्रियामा जान्छ’‚ उनले भने।
घिसिङलाई चार महिनाको कार्यकाल मात्र बाँकी रहेको अवस्थामा सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। सरकारले उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।