लन्डन । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ ) बेलायत राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।
बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा गत १५ फेब्रुवरी २०२५ शनिबार एक कार्यक्रमबीच सामाजिक अभियन्ता पूण्य रेग्मीको अध्यक्षतामा १३ सदस्यीय एएनओ बेलायत कार्यसमिति घोषणा गरिएको हो । बेलायत एएनओको राष्ट्रिय कमिटी बन्ने पहिलो देश भएको छ ।
संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारीले एएनओ स्थापना गर्नुपर्ने आवश्यकताबारे जानकारी दिंदै बेलायत राष्ट्रिय कमिटीको घोषणा गरेका थिए ।
घोषणा कार्यक्रममा एएनओ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष डिल्ली अधिकारी लगायत सदस्यहरु, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय जनसमुदायको समेत उपस्थिति थियो ।
यस्तो छः एएनओ यूके राष्ट्रिय कार्यसमिति
पूण्य रेग्मी – अध्यक्ष
नन्दी न्यौपाने – उपाध्यक्ष
यम खड्का – महासचिव
राम माया थापा – कोषाध्यक्ष
पुष्प मोक्तान – सदस्य
डा. राम अधिकारी – सदस्य
डा. राम आचार्य – सदस्य
मन सुदन थापा मगर – सदस्य
दुर्गा गिरी – सदस्य
हेमकुमारी थापा – सदस्य
वर्षा खनाल – सदस्य
आनन्द भण्डारी– सदस्य
चन्द्र कार्की – सदस्य