,

बेलायती सेनामा थपिए २७४ नेपाली युवा, अधिराजकुमार दम्पत्ति गोर्खा परेडमा सहभागी

Bimala Sene Avatar

पोखरा- बेलायती अधिराजकुमार दम्पत्ति पोखरामा आयोजित गोर्खा परेडमा सहभागी भएका छन् ।

बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाको प्रमाणीकरण परेडमा बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड पत्नी अधिराजकुमारी सोफीसहित सहभागी भएका हुन्  ।

प्रमाणीकरण परेडमा अधिराजकुमार र राजकुमारीले छनोट प्रक्रियाको अन्त्यमा पुगेका नेपाली युवाको महत्वपूर्ण क्षणको अवलोकन गरे जहाँबाट बेलायती सेनामा भर्ना हुने २७४ नेपालीको सैन्य पेशागत जीवन सुरु भएको ठहरिन्छ ।

औपचारिक कार्यक्रमपछि अधिराजकुमार र राजकुमारीले नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरे ।

यस वर्ष अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रियापछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट नयाँ भर्ती भएकाका परिवारका सदस्यहरू उपस्थित थिए ।


समारोहमा अधिराजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार मध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

छनोटमा सफल भएका २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरु एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रिया पछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरू ९ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।

समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्णेल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ, गोर्खा ब्रिगेडका डेपुटी कर्णेल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी, ब्रिटिश गोर्खा नेपाल (बिजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्णेल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे । 


परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुईवटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो ।

ब्रिटिश गोर्खाज पोखरा (बीपीपी) मा भएको भर्ती इन्टेक २५ (आरआइ२५) प्रमाणीकरण परेड ब्रिटिश गोर्खाज नेपाल (बिजिएन) द्वारा सञ्चालित तीन चरणको छनोट प्रक्रियाको अन्तिम क्रियाकलाप हो ।

थप तस्विरहरू

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search