,

ताप्लेजुङ घटनाबारे ४ जिल्लाका सांसदसँग छलफल : विरोधीसँग वार्ता गर्ने र घाइतेको उपचार गर्ने

Gurkha Channel Avatar

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन्।

मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्। 

शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा केही प्रदर्शनकारीलाई गोली लागेको थियो। थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल शुरु गरेका हुन्।

छलफलबारे सञ्चारकर्मीसँग एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भए पनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै विरोध केही वर्षदेखि नै गर्दै आएको बताए। 

केबुलकार बनउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको उनले बताए। परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको उनले बताए। 

उनले विकास निर्माणलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने बताए। विरोधीहरुसँग पनि संवाद गर्ने निष्कर्ष निस्किएको उनले बताए। 

घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिबद्धता जनाएको जानकारी उनले दिए। उनले सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको बताए।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search