काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्षसम्म नेपाल बस्दा भिसा निःशुल्क गरिने भएको छ ।
सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत १० वर्षसम्म भिसा निःशुल्क व्यवस्था गरेको हो ।
सरकारले गैरआवसीय नेपाली नागरिकहरूलाई नेपालमा लगानी सहजताका लागि त्यस्तो व्यवस्था गर्न लागेको हो।
त्यस्तै, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने भएको छ । विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने पनि व्यवस्था गरिएको छ ।
अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सो व्यवस्था कार्यान्वयनमा जानेछ ।