,

तमु समाज यूकेले भव्य रूपमा मनायो सप्री ल्होछार

Bimala Sene Avatar

लन्डन । तमु समाज यूकेले तमु ल्होसार भव्य रूपमा मनाएको छ । विभिन्न कार्यक्रम गरि लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा गत शनिबार ४ जनवरीमा तमु ल्हाेसार मनाइएको हो ।

समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा काउन्सिल लिडर लन्डन बारो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि मोहमेद बटले तमु समाज युकेले आयोजना गरेको भव्य कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । तमु समाज यूकेले संस्थागत रूपमा ब्रेन्ट काउन्सिलमा धेरै साथ र सहयोग दिँदै आएको र समाजलाई काउन्सिलले पनि आवश्यक सहयोग गरिरहेको उनको भनाइ थियो । उनले भविष्यमा पनि समाजलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ल्होछार र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए ।

विगतमा जस्तै यस वर्षको सप्री ल्होछार कार्यक्रमको अवसरमा नयाँ आजीवन सदस्यलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरिएकाे थियाे । साथै शैक्षिक सत्र २०२४ मा स्नातक तथा स्नातकोत्तर तहमा सफलता प्राप्त विद्यार्थी तथा विगतमा सामाजिक जीवनको विभिन्न पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवा र संस्थाको विकासमा योगदान पुर्‍याउने महानुभावलाई तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड – २०२५), तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मानपत्र २०२५ तथा प्रशंसापत्र प्रदान गरिएको थियो । 

प्रमुख अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले सम्मान तथा प्रशंसापत्र वितरण गरेका थिए । समाजको स्थापनादेखि अनवरत रूपमा विभिन्न महत्त्वपूर्ण पदमा रहेर योगदान गरेका सामाजिक अभियन्ता तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्या प्रसाद गुरुङलाई तमु समाज युके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२५) बाट सम्मान गरिएको थियो । 

यसैगरि विभिन्न संघ संस्थाका नवनिर्वाचित अध्यक्षहरूमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं युके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, पत्रकार महासंघ युके अध्यक्ष विमला सेनेलाई खादा फेटा र दोसल्ला ओढाई पुष्पगुच्छा प्रदान गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइकाे थियाे ।  

सम्मान कार्यक्रमको अवसरमा तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले  शुभकामना दिदै तमु समाज युकेले प्रदान गरेको सम्मान सधैँ शिरोपर गरेर सकारात्मक भावनाका साथ तमुहरू र सबै नेपालीको हितका लागि काम गर्ने प्रेरणा मिलेको बताए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search