,

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिना ६ महिना निलम्बित

Bimala Sene Avatar

काठमाडौँ : नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो।

उनका अनुसार सो विषयमा बोल्ने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ। उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए। 

यसपछि गत कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोधेको थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search