काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।
संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गरेर लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।लामिछाने चितवन(२ बाट निर्वाचित भएका थिए । उनीविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दर्ता भएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान तथा कारबाही शाखाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा रहेको व्यवस्थाअनुसार कामकारबाही गर्न सभामुखलाई पत्र लेखेको थियो ।रास्वपाले सोमबार नै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।