लन्डन । एसियन महिला एसोसिएसन (एएमए) यूकेको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अल्डरसटस्थित सुशी मोटो रेस्टुरेन्टमा ८ डिसेम्बरमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विभा गुरुङले गरेकी थिइन् । नयाँ कार्यकालका लागि अध्यक्षमा कल्पना गुरुङ चयन भएकी छन् ।
उपाध्यक्षमा दुर्गा पुन, महासचिवमा निमा क्षेत्री, सहसचिवमा विश्वलक्ष्मी थापा र कोषाध्यक्षमा कुसुम मल्ल चयन भएका हुन् ।
सो अवसरमा वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै संस्थाका गतिविधि र हालसम्म सञ्चालन भएका कार्यक्रमको समीक्षासमेत गरिएको थियो ।