,

नेपाल र चीनबिच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

Bimala Sene Avatar

काठमाडौँ –  सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आज वेभसाइट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत मंसिर १९ गते ( डिसेम्बर -४) मा दुई राष्ट्रबिच भएको विआरआइ कार्यान्वयन फ्रेमवर्क सार्वजनिक गरेको हो ।

फ्रेमवर्कमा परियोजनामा लगानी गर्दा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय हुने उल्लेख गरिएको छ । दुवै देशले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूको लागि बजेट छुट्ट्याउने विषय फ्रेमवर्कमा परिएको छ ।

फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना,जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search