,

पत्रकार महासंघ इलामको अध्यक्षमा सम्पादक योङहाङ उम्मेद्वार

Bimala Sene Avatar

इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् ।

विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१ औं बैठकले अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको सर्वसम्मत सिफारिसलाई बुधबार विराटनगरमा बसेको प्रदेश समितिको र्बैठकले अनुमोदन गर्दै उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

पत्रकार योङहाङ नेपाल पत्रकार महासंघ इलामका वर्तमान कोषाध्यक्ष हुन् ।

यस्तो छ, योङहाङको पत्रकारीता इतिहास

योङहाङको विगत १७ वर्षदेखि क्रियाशील पत्रकारिता गरेको अनुभव छ । इलामबाट सञ्चालित इलाम एफएमबाट २०६४ देखि पत्रकारिता यात्रा सुरु गरेका योङहाङ २०७३ देखि इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादकका रुपमा कार्यरत छन् । २०६८ देखि सौर्य राष्ट्रिय दैनिकमा इलाम संवाददाताका रुपमा कार्यरत योङहाङ २०८० देखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा जिल्ला संवाददाका रुपमा कार्यरत छन् ।

उनले इलाम एफएमसहित इलामबाट प्रकाशित इलाम पोष्ट दैनिक र इक्ला साप्ताहिक, झापाबाट सञ्चालित नागरिक एफएम, झापाबाट प्रकाशित पूर्व सन्देश दैनिक र पिपुल्स टाइम्स दैनिक, मोरङबाट प्रकाशित मोफसल साप्ताहिक र काठमाडौंबाट प्रकाशित कमाण्डर पोष्ट राष्ट्रिय दैनिकमा समेत काम गरिसकेका छन् ।

पत्रकारहरुको पेशागत संगठनमा समेत उतिक्कै सक्रिय योङहाङ २०७४ देखि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्ष, २०७६ देखि लिम्बू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष र २०७९ देखि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

योङहाङले दुईवटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । योङहाङले मानविकी तथा सामाजिक विज्ञान संकाय (ग्रामीण विकास) र व्यवस्थापन संकाय (जनप्रशासन) मा स्नातकोत्तर गरेका छन् । त्यस्तै शिक्षा संकाय र कानुन संकायमा स्नातक गरेका छन् ।

इलामको माङसेबुङ गाउँपालिका-३ गुरुङगाउँमा जन्मिएका योङहाङ हाल इलाम नगरपालिका-७ फुलगाछीमा बस्दै आएका छन् ।

योङहाङले नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार र स्वरोजगारमूलक मिडियाको पक्षमा काम गर्न आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search