,

इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल प्रदर्शन

Bimala Sene Avatar

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उहाँको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उहाँका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्‍याली शुरू गरेका बीबीसीले जनाएको छ ।

इमरान खानको अपीलमा हिजो प्रदर्शन शुरू भएको थियो । पीटीआईका कार्यकर्ता र समर्थकहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामाबादतर्फ लागिरहेका छन् । इस्लामाबादको डी चोक नजिक प्रधानमन्त्री आवास, संसद् र सर्वाेच्च अदालतका साथै अरू महत्त्वपूर्ण सरकारी कार्यालय रहेका छन् । डी चोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

इस्लामाबाद प्रहरीले डी चोकमा चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको खबरमा उल्लेख छ । प्रदर्शनलाई मध्यनजर गर्दै इस्लामाबाद जोड्ने राजमार्गहरू सरकारले नै बन्द गरेको छ भने केही क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरेको छ ।

पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी हुनुहुन्छ ।

विरोध र्‍यालीका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । इस्लामाबाद प्रहरीले प्रदर्शनकारीले ढुङ्गामुढा गरेको बताएको छ भने पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् । इस्लामाबाद प्रहरीले आफ्ना १४ जना अधिकारी घाइते भएका बताएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search