तोलामा १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुन

Bimala Sene Avatar

काठमाडौं : सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। 

आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार  प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ।  अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search