एजेन्सी । चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी हुन् ।
यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।