धरान । चलचित्र निर्माता तथा सफल व्यवसायी रबिन कुमार नाल्बोले पूर्वको चर्चित सहर धरानमा सुविधा सम्पन्न होटल तथा क्लब संचालनमा ल्याएका छन् । विगत लामो समयदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएका नाल्बोले झण्डै साढे ३ करोडको लगानीमा ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’ संचालनमा ल्याएका हुन् ।
युवा पुस्तामा बढ्दो मनोरञ्जन प्रतिको चाहानालाई ध्यानमा राख्दै नाल्बोले धरान उपमहानगरपालिका वडा नं. २ सब्जी मण्डी लाइनमा रहेका नाल्बो कम्प्लेक्समा व्यवसायिक प्रयोजनका लागि ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’ संचालनमा ल्याएका हुन् ।
कार्तिक २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’मा एकसाथ एक सय ५० जनाले सेवा लिन सक्नेछन् । साथै सेवाग्राहीहरुले प्रत्येक दिन स्थानीय कलाकारहरुको प्रत्यक्ष प्रस्तुती र हप्तामा एक दिन राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती हेर्न पाउने सञ्चालक नाल्बोले बताए ।
पहिलो चरणको काम मात्र सम्पन्न भएको बताउदै सञ्चालक नाल्बोले भने “यसलाई थप सुविधा सम्पन्न बनाउने योजना रहेको छ, अझै धेरै सेवा र सविधा थप गरेर धरान कै महत्वपूर्ण क्लब बनाउने मेरो योजना रहेको छ” ।
नाल्बोले सञ्चालनमा ल्याएको ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’मा स्थानीय दर्जनौँले रोजगारी समेत पाएका छन् । पाहुनाको सुविधालाई मध्यनजर गर्दै ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’ मा सुविधायुक्त ७ वटा रुमको समेत व्यवस्था रहेको नाल्बोले बताए ।
क्लब मात्र नभएर रेष्टुरेन्ट, होटल, विवाह पार्टी, जन्मदिन मनाउन साथै सानो पर्दामा चलचित्र समेत ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’मा हेर्न सकिने सञ्चालक नाल्बोको भनाइ छ । लिम्बू समुदायमा आधारीत चलचित्र ‘सुगुप’का निर्माता समेत रहेका नाल्बोले नेपालका विभिन्न क्षेत्रमा व्यवसायीक लगानी गर्दै आएका छन् ।