,

उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

Bimala Sene Avatar

धरान । उपमेयर हुँदा हुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी तोक्ने धरानका मेयर हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ।

धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई असोज २८ देखि आफू अनुपस्थित रहुन्जेलसम्म कार्यवाहक मेयरको रुपमा काम गर्न मेयर साम्पाङले असोज २३ मा पत्राचार गरेका थिए। साम्पाङ असोज २८ मा बेलायततिर लागेका छन्। 

उपमेयर नगरभित्रै हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको कदमविरुद्ध कात्तिक ४ मा उपमेयर अइन्द्रविक्रम बेघा अदालत गएका थिए। उत्प्रेषणयुक्त परमादेश माग्दै अदालत गएका उपमेयर बेघाको रिटमाथि आइतबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयरको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो। अदालतले कात्तिक ६ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

स्वतन्त्र रुपमा मेयरमा जितेका हर्क साम्पाङ र माओवादीबाट उपमेयर जितेका बेघाबीच ६ महिनायता आपसी सम्बन्ध बिग्रिएको छ। सुरूको दुई वर्षको अवधिमा मेयर र उपमेयर दुवै जोडा बाँधिएर काममा लागेको बताउने उनीहरू पछिल्लो समय कार्यपालिका बैठकमा भनाभनमै उत्रने, सामाजिक सन्जालमा एकअर्काविरूद्ध लेखालेख गर्ने गर्दै आएका छन्। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search