काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दावी गरेका छन्।
शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरुले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजे पनि त्यो सम्भव नभएको बताए। उनले रातारात जन्मेको पार्टीले नागिरकको हित गर्न नसक्ने पनि बताए।
उनले देशमा आफूले एकपटक जनताको सेवा गर्न पाउनुपर्ने बताए।