,

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

Bimala Sene Avatar

काठमाडौँ : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो।

उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ। 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search