काठमाडाैँ, असाेज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो ।
थारु समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उहाँको भनाइ छ ।