गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

Bimala Sene Avatar

काठमाडौं : गाजाको एक अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मध्य गाजाको डेर अल बालेहस्थित अल अक्सा सहिद अस्पतालमा इजरायली सेनाले बम खसालेको हो। मस्जिदसँगै रहेको अस्पतालमा भएको विस्फोटमा अरु कयौँ मानिस घाइते भएको जनाइएको छ। 

इजरायलले उक्त अस्पतालमा हमास समूहका लडाकुहरु लुकेर बसेको हुनाले आक्रमण गरिएको दाबी गरेको छ। गाजमा एक वर्षदेखि जारी इजरायली आक्रमणमा ४१ हजार मानिसको मृत्यु भएको छ। 

यसैबीच इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा गएराति रातभर बम वर्षा गराएको छ। इजरायली सेनाका अनुसार आज बिहान मात्रै बेरुतका विभिन्न ठाउँमा ३० वटाभन्दा बढी प्रोजेक्टाइल मिसाइल खसालिएको छ। 

मिसाइल आक्रमणमा कयौँ आवसीय भवन ध्वस्त भएको अनुमान गरिएको छ । साथै सयौँ मानिस हताहत भएको आशंका छ । यद्यपि हताहतिको विवरण भने सार्वजनिक भएको छैन।

 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search