, ,

आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको घटनामा नेपाली सुरक्षित : दूतावास

Bimala Sene Avatar

एजेन्सी । अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ । बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो। गोलाबारीमा ६ जना मारिएको मिडिया रिपोर्टहरूले सार्वजनिक गरेको थियो।

शनिबार वक्तव्य जारी गर्दै अमेरिकास्थित नेपाली दूतावासले ट्रकमा सवार सवै नेपाली सुरक्षित रहेको जनाएको हो । दूतावासका अनुसार ट्रकमा ११ जना नेपाली सवार रहेको र अहिले उनीहरू सबै मेक्सिको प्रहरीको हिरासतमा छन् ।

‘सबै ११ नेपाली नागरिक अहिले मेक्सिकोको अध्यागमन कार्यालयको हिरासतमा छन्। नेपालीहरू कोही पनि मारिएका छैनन्,’ शनिबार दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ । आप्रवासी सवार ट्रकमा मेक्सिको प्रहरीले अन्धाधुन्ध गोली चलाएको भन्ने खबरहरू सार्वजनिक भएपछि दूतावासले त्यसमा ध्यानाकर्षण भएको पनि बताएको छ ।

बुधबार मेक्सिको सेनाले चियपसस्थित हुक्स्लामा नेपालीसहित ३३ जना आप्रवासी बोकेको ट्रकमा गोली चलाएको थियो।

घटनमा ६ जना मारिएको भनिएपनि मारिनेहरू कुन देशका हुन् भन्ने सार्वजनिक भएको छैन। अरू१२ जना घाइतेसमेत भएका थिए।

सेनाले ट्रकसँगै आइरहेका बाँकी दुई सवारी साधनबाट गोली चलेको आवाज सुनेकोले तत्काल जवाफ फर्काएको स्पष्टीकरणमा भनेको थियो।

यद्यपि ट्रकमा हतियार भेटिएको नभेटिएको भन्नेबारेमा भने मेक्सिकोको रक्षा विभागले कुनैपनि विषय सार्वजनिक गरेको छैन।

अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रूट प्रयोग गर्ने गरेको बताइन्छ।

त्यही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको  भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।

आप्रवासी सवार गाडीमाथि गोली चलेको यो पहिलो घटना भने होइन।

यसअघि सन् २०२१ मा पनि सोही ठाउँमा सेनाले आप्रवासी सवार ट्रकमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

बुधबारको घटनामा अनुसन्धान भइरहेको र आप्रवासीहरुबारे पनि छानबिन भइरहेको मेक्सिको रक्षा विभागले जनाएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search