इरानले गर्‍यो इजरायलमा दुई मिसाइल आक्रमण

Bimala Sene Avatar

लन्डन । ईरानले इजरायलमा मिसाइल आक्रमण गरेको छ । यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ ।

ईरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको इजरायली सेना (आइडीएफ) ले नै पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न आग्रह गरेको छ । सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको ती सञ्चारमाध्यममा उल्लेख छ ।

बीबीसीका अनुसार इजरायलमाथि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ । यतिखेर इजरायलले इरानसमर्थित लडाकु समूह हमास, हिज्बुल्लाह र हुथीविरुद्ध आक्रमण गरिरहेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search