नेपालका बाढीपहिरो प्रभावितलाई छिटो राहत र सहयोग गर्न एनआरएनएको अपिल

Gurkha Channel Avatar

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पछिल्ला केही दिनयताको बाढीपहिरो प्रभावितलाई छिटो राहत र सहयोग गर्न अपिल गरेको छ ।

एनआरएनए अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्नुहुँदै विपद्को यस घडीमा यथाशक्य छिटो सहयोग तथा राहत उपलब्ध गराउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको हो । उहाँहरूले प्रकोपबाट वचन समेत आग्रह गर्नुभएको छ ।

‘अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौँ ।’

उहाँहरुले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारसँग समेत अनुरोध गर्नुभएको छ ।

भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले आफूहरुलाई निकै मर्माहत बनाएको उल्लेख गर्नुहुँदै विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवारतर्फबाट श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरिएको छ । साथै प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत एनआरएनएले गरेको छ ।

नेपालमा बिहीबार रातिदेखि शनिबार अपराह्नसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने ७० को हाराहारीमा बेपत्ता छन् । देशका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भएको छ । सुरक्षाकर्मी र स्थानीयले खोज तथा उद्धारका कार्य जारी राखेका छन् ।  

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search