कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले घोषणा गरे भ्रमण वर्ष २०८२

Bimala Sene Avatar

विराटनगर : आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका छन् । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ नाराका साथ मुख्यमन्त्री कार्कीले भ्रमण वर्ष घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र प्रभावित भएको चर्चा गरे । उनले भने‚ ‘हामीले अब यी प्रतिकूलताहरु छिचोल्दै अघि बढ्नु पर्नेछ, यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरु गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरीरहेको छ, यसको प्रस्थान बिन्दुका रुपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लिन सकिन्छ।’ 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रवर्द्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताए । पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामू चिनाउन सके कोशी प्रदेश छिट्टै नै समृद्धिको यात्रामा अघि बढ्ने उनको भनाई थियो।

‘कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको हब बन्छ‚’ मुख्यमन्त्री कार्कीले भने‚ ‘प्याराग्लाइडिङ  तथा तमोर तथा कोशी र्‍याफ्टिङ जस्ता साहसिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधारलाई बलियो बनाएको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले किराँत सभ्यताको उदगम, जैविक विविधता, प्राकृतिक सौन्दर्यताले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको बताए ।

मुख्यमन्त्री कार्कीले लोपोन्मुख रेड पाण्डालगायतका वन्यजन्तुका कारण पनि कोशी प्रदेश विषेश बनेको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश भ्रमण वर्ष २०८२ सफलताको कामना व्यक्त गरे ।  

कोशी प्रदेश पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको भन्दै उनले यसको भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिए। प्रत्येक जिल्लामा धार्मिक र पर्यटकीय क्षेत्र रहेको तर पर्यटकहरुको आवागमन भने कम रहेको उनको भनाई थियो। पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सुझावसमेत उनले दिए।

कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए। 

कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ। पर्यटन पूर्वाधार र अन्य पर्यटनसम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताए। ०८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गने उनको भनाइ थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search